nepali flag
Home / Articles / Nepali / हामी सबै नेपाली सधै एक ढिक्का भएर बाचौँ र बचाउँ

हामी सबै नेपाली सधै एक ढिक्का भएर बाचौँ र बचाउँ

युरोपेली देशहरुको गोप्य सहमती पश्चात अमेरिकि हतियार कम्पनी डुब्ने स्थिति भयो । उसलाई नयाँ युद्ध क्षेत्र चाहियो, अर्को तर्फ युरोपका देशहरुमा दुइ युद्धको क्रममा खोलिएका खर्बौं डलर लगानीका हतियार कारखाना बन्द हुने अवस्था आयो । अब अमेरिकि हतियार कम्पनी र युरोपेली हतियार कम्पनी बिच गोप्य सन्झौता भयो – अमेरिका र युरोपको भुमिलाइ युद्धक्षेत्र नबनाउने तर अन्य युद्धक्षेत्र तयार गर्ने ।

फलस्वरुप १९४५ पछि यो पृथ्वीमा ४७०० युद्ध भयो । त्यसमध्य एउटा पनि युद्ध अमेरिका र युरोपमा भएन। एशिया , अरब र अफ्रीकामा भयो। उदाहरण : कोरिया युद्ध , इरान-इराक युद्ध , भियतनाम युद्ध , भारत-पाक युद्ध , भारत-चिन युद्ध , अफगान युद्ध
यो लामो श्रुंखलामा नेपालको १० वर्षे माओवादी धनयुद्ध पनि जोडिन्छ किनकी सेना र माओवादी दुबैको हतियारको श्रोत तिनै पश्चिमी राष्ट्र थिए। इरान र इराक बिच युद्ध गराउन CIA ले The Washington post मा एउटा समाचारलाइ हेडलाईन बनायो, “इराक र ईरान सिमामा रहेको “शत अल अरेबिया” क्षेत्रमा तेलको अथाह भन्डार छ। दुबै देशले यो भुभागको दाबी गर्यो । मुद्दा युएनमा पुग्यो तर युएन अमेरिकि मिशन पुरा गराउने बुख्याँचा न पर्यो… २ बर्ष सम्म कुनै निर्णय गरेन । फलत २ देश बिच दश वर्ष युद्ध भयो । लाखौं मानिस मारिए । पश्चिमी देशहरुले यि दुबै जोकर देशहरुलाई बाँडिचुँडी हतियार बेचे – फलत १० वर्षमा पश्चिमी देशहरुको प्रतिव्यक्ति आयमा १०० प्रतिशलले वृद्धी भयो तर यि दुइ देश कंगाल भए – तबाह भए । जब यि संग हतियार किन्ने पैसा सिद्धियो तबमात्र युएन ले शान्तिबार्ता को आह्वान गर्यो ।

पश्चिमको जुन सम्पन्नता छ यो कथित सम्पन्नता करोडौं मानवको रगतले लतपतिएको छ । तेस्रो विश्वमा कृतृम रुपले पैदा गरिएको युद्ध र गृहयुद्ध को जगमा टिकेको छ । अहिले सिरिया मोहरा बनिरहेको छ भोली कुन देश बन्ने हो थाहा छैन । पश्चिमको हतियार ब्यापार हजारौं खर्ब डलरमा हुनेगर्छ । मुनाफाको लगभग २०% नयाँ युद्ध क्षेत्र , गृहयुद्ध र आन्तरिक द्वन्द्व सिर्जना गर्न खर्च गर्छ। त्यो खर्चको एउटा सानो हिस्सा नेपालको राजनितीमा पनि पक्कैलगानी हुन्छ । त्यो हिस्साको रकम खल्तिमा नराख्ने नेपालका राजनितीज्ञ, मानवाधिकार कर्मी कमै होलान । बोका जति रोइ कराई गरेपनि कसाइले बोका काट्न छोड्दैन क्यार !!! यिनै कसाईहरुको उक्साहटमा केहि मान्छे उफ्रेको देख्दा दंग लागेर आउँछ । रुवान्डामा तुत्सी र हुतु जाती बिच वैमनस्य र पछि हिंसा फैलाएर १०० दिनमा १५ लाख मराईएको थियो । अहिले त्यहाँ आफ्नो थर लेख्न प्रतिबन्ध छ। वास्तबमा विश्वको कुनै पनि कुनामा भएको युद्ध पछि पश्चिमी देशको प्रतिव्यक्ति आयमा वृद्धी भएको छ किनकी हतियार बेच्ने नै तिनै हुन । नेपालको माओवादी युद्धले पनि पश्चिमिहरुको सम्पन्नतामा ठुलो टेवा दिएको छ । सेनाले अर्बौंको हतियार किनेको थियो पश्चिमबाट अनि माओबादिले पनि किनेको थियो अनि अग्रगामी रुपान्तरण भै गो नि !

नेपाली संस्कृतिको सबैभन्दा प्रमुख धमिरा भनेको सुनियोजित रुपमा बिस्तारै फ्यैल्याइरहिएको पश्चिमी धर्म परिवर्तन हो। अमेरिकामा रेड इन्डियन , युरोपमा प्यागन र अष्ट्रेलिया अबोरिजिनल, न्युजिल्यान्ड मा माओरिहरु माथी नरसंहार मच्याएर सखाप पारियो । यिनै पश्चिमाहरु को उक्साहटमा जातिय हावा पहिचान अधिकार ,समानुपातिक आरक्षण जस्ता बिखन्डन ,कित्ता काट गरेर आन्तरिक कमजोरी को फाइदा लिदै छन् । नेपाली उखान भाई फुटे गवार लुटे जस्तो नहोस । बिभिन्न बहनामा हामी नेपालीहरु बिचको एकता टुटाउन खोज्ने देखी सजग हुनुहोस । हामी सबै नेपाली सधै एक ढिक्का भएर बाचौँ र बचाउँ ।