Home / Jokes / Husband Wife / SORRY WRONG NUMBER

SORRY WRONG NUMBER

शेरेले घरमा स्वास्नीलाई फोन गरेछ ।

फोन नोकरले उठाएछ।

नोकर: हेलो

शेरे: को बोलेको ?

नोकरः: म यो घरको नोकर बोलेको ।

शेरेः: हाम्रो घरमा नोकर राखेको छैन त ।

नोकरः: मालिक्नीले आजबाट काममा राख्नु भाको ।

शेरेः: ए! त्यसो भए मालिक्नीलाई फोन दे ।

नोकरः: मालिक्नि त मालिकसँग कोठामा बसिराख्नु भाछ ।

शेरेः: ए त्यसले म नभाको बेलामा नाठो खेलाएर बसिछे ?

तेरो असली मालिक म हो । भित्ताको बन्दुक
निकालेर दुबै जनालाई सिद्धाई दे । म तलाई एक लाख दिन्छु ।

नोकरः: हुन्छ मालिक ।

(एकछिन पछि शेरेले बन्दुकको आवाज सुन्छ।)

नोकरः मालिक काम भयो । अब के गरुँ?

शेरे: अब लाशलाई घर पछाडीको बगैँचामा गाड।

नोकरः: तपाईको घरमा त कहिँ बगैचा छैन ।

शेरेः: हो र? यो बानेश्वर होइन र?

नोकरः: होईन मालिक । यो त कालिमाटी हो ।

शेरेः SORRY WRONG नम्बर परेछ…

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =