Home / Nepali Jokes / Dhurmus Suntali Jokes Nepali : धुर्मुस सुन्तली जोक्स

Dhurmus Suntali Jokes Nepali : धुर्मुस सुन्तली जोक्स

“Dhurmus Suntali” is a famous on-screen couple from the Nepali comedy serial “Meri Bassai”. This serial became instant hit among the Nepalese viewers. After massive Earthquake of 2072 BS, they started to dedicate their time to help the victims of Earthquake by forming “Dhurmus Suntali Foundation“.
Good works are highly appreciated and below are the few best jokes/memes created based on Dhurmus Suntali.
Have fun and don’t forget to share Dhurmus Suntali jokes.

धुर्मुस सुन्तली को माया

धुर्मुसले रिसको झोकमा सुन्तलिलाई दुइ थप्पड हानेछ र एकछिनमा मायालु पाराले:
मान्छेले त्यस्तो मान्छेलाई मात्र पिट्छ जसलाई उ सबै भन्दा धेरै माया गर्छ । बुझ्यौ सुन्तु!

त्एस्को बदलामा सुन्तलिले धुर्मुसलाई २ थप्पड, ३ लात्ती र ४ भाटा हानेपछी भनि,”: तिमीलाई के लाग्छ धुर्मु… माया गर्न तिमीलाई मात्रै आउछ मेरो प्यारो धुर्मु ?

धुर्मुस speechless!!!

धुर्मुस र सुन्तलीको सपना

धुर्मुस र सुन्तली बारिको पाटामा एक-आपस मा कुरा गर्दै:-

धुर्मुस्: सुन त सुन्तु… मैले हिजो कस्तो खतरा सपना देखेँ नि!

सुन्तलि: ए होर! के देख्यौ भन त!

धुर्मुस्: तिमी र म आकाश बाट खसेको रहेछौँ। म चाहि चिनि मा परेछु तिमी चाहि दिशामा (गिज्याउदै)

सुन्तलि: मैले नि त्यस्तै सपना देखेको थिए ।

धुर्मुस्: हो र .. अनि?

सुन्तलि: हो त नि। फरक यत्ती थियो कि – म तिमीलाई चाट्दै थिए। तिमी चाहि मलाई!

धुर्मुस, सुन्तली र बाघ

धुर्मुसे र सुन्तली एकदिन जंगलतिर जादै गर्दा एक्कासि बाघ सँग जम्का-भेट भएछ । धुर्मुस र सुन्तली डरले काम्न थालेछन ।
यतिकैमा धुर्मुसे ले दिमाग लगाएछ र एक मुठ्ठी माटो सोरेर बाघको आखाँमा फ्याकेछ अनी आत्तिदै भनेछ : भागम सुन्तली भागम… छिटो भागम्!

सुन्तलि: म त किन भागनु र धुर्मु… माटो ले तिम्ले पो हानेको हो बाघलाई मैले त हैन क्यारे

(सुन्तली को यो कुरा सुनेर बाघलाई सारै दया लागेछ अनि केइ नगरि आफ्नो बाटो लागेछ)

धुर्मुसेको थर्मस

(धुर्मुस शहर गएको थियो कुनै समयमा)
धुर्मुस: साहुजी त्यो के हो ?
साहुजि: यो थर्मस हो ।

धुर्मुस्: एस्ले क गर्न मिल्छ ?
साहुजि: यसमा तातो कुरा राख्यो भने तातै बस्छ, चिसो कुरा राख्यो भने चिसै बस्छ ।

धुर्मुस्: त्यसो भए एउटा दिनु न त!

(नयाँ कुरा किनियो भनेर खुशी हुँदै घर फर्किन्छ र सुन्तलीलाई देखाउछ)

सुन्तलि: यो के हो ?
धुर्मुस: यो थर्मस हो । यस्मा तातो कुरा राख्यो भने तातै बस्छ, चिसो कुरा राख्यो भने चिसै बस्छ ।
सुन्तलि: यसमा क ल्यायौ त ?
धुर्मुस: एक कप चिया र कोक हालेर ल्याको छु ।

धुर्मुस बान्द्रेको होटेलमा

धुर्मुस एक दिन बान्द्रेको होटेलमा चिया पिउन गएछ ।

बान्द्रे ले चिया ल्याउछ र धुर्मुसले एक पल्ट सुरुप्प पार्छ ।

(एसो चिया मा हेर्छ त एउटा झिङ्गा देख्छ ।
हत्त न पत्त गिलास पर सार्दै बान्द्रेलाई बोलाउछ)

धुर्मुस्: के हो बान्द्रे! चिया मा त झिङ्गा पो छ त। यो फिर्ता लग र अर्को लिएर आइज ।

बान्द्रे: जुठो लगाइसकेको चिया फिर्ता हुँदैन ।

धुर्मुस्: मैले क जुठो लगाको छु त अनि । छो को पनि छैन ।

बान्द्रे: अझ ढाट्छस धुर्मुसे… अघी मैले चिया दिदा दुई वटा झिङ्गा थियो अईले एउटा मात्र छ!

(लखेट्यो धुर्मुसेले बान्द्रेलाई डाँडा कटुन्जेल )

बिरामी धुर्मुस

चम्सुरी : ओहो सुन्तली तेरो आखा रातो-रातो छ नि, किन हो ?

सुन्तली : के गर्नु आमै तपाईंको ज्वाँई(धुर्मुस्) बिरामी हुनुहुन्छ नि त!!

चम्सुरी : अनि धुर्मुस ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?

सुन्तली : त्यहि भएर त, रातभर जाग्नु पर्छ नि!

Nepali Jokes Part 1 >>

Nepali Jokes Part 2 >>

Haku Kale Jokes >>

For more Nepali Jokes : https://khoyaa.com/jokes/nepali-jokes/

हास्नको लागी थप बाहना ।

मज्जाले हास्नुस्, पेट मिचि-मिची हास्नुस किनकी तपाईंको हासो गज्जब को छ ।

Check Also

best nepali jokes

[Part 2] Best Nepali Jokes : नेपाली जोक्स सङ्ग्रह

अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस् >> For more Nepali Jokes : https://khoyaa.com/jokes/nepali-jokes/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =