बिहे गर्नु बाजा बजाउनु।
शिबरात्री आए गाँजा मगाउनु।
धन भनेपछि माहादेव का तिन नेत्र,
तरुनी भनेपछि शेरेहरुलाई जात न गोत्र।
हुने बिरुवाको चिल्लो पात,
गाँजा मिच्नेको गनाउने हात।
साँडे को जुधाई बाछाको मिचाई,
गाँजा को सुरमा पेटीको सुताई।
स्वयम्भु का बाँदर पशुपती को जात्रा,
नाङगे बाबा संग तरुनी को यात्रा।
लोग्ने स्वास्नी को झगडा परालको आगो
शिव रात्री मेला गा को डोरो न धागो।
पशुपतीको दर्शन सिद्राको व्यापार
भेटी पैसा छर्छन् टिप्नेको मारामार।
चामल उसिन्नु आलु पकाउनु
गाँजा खाएर तरुनी फकाउनु।
न्याय हराए गोर्खा जानु,
गाँजा ले नअघाए धतुरो खानु।
महादेव ले पाए पार्वती
हामी ले पायौँ कुमती।