Home / Wishes / Dashain Tihar / Tihaar (dipaawali) को शुभकामना सन्देश नेपालीमा

Tihaar (dipaawali) को शुभकामना सन्देश नेपालीमा

घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
अनी तिहार तपाईँको खास होस्
तिहारको हार्दिक मंगलमय शुभकामना ।

***************************************

मासको बारा,
मुलाको अचार,
औँसिको कालो रातमा दियोको बहार
खुशी को लहर,
शुभकामना तपाईंलाई शुभ तिहार ।

***************************************

तिहार आयो, खुशीयाली छायो,
दियो बाल्यौं, सबै झिलिमिली भयो,
देउसी भैलो खेल्यौं, रमाइलो भयो,
सबैजना भेला भयौँ, खुशीयालिको मौसम छायो,
यसरी नै जिन्दगीमा सधैँ बहार आवस्,
शुभ तिहार !

***************************************

आशिर्वाद ठुलाको,
माया साथी- भाईको,
सत्भाव इष्ट-मित्रको,
अपार महिमा माताको,
सधैँ रहिरहोस सबैमा….
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।

***************************************

लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !!!
धनधान्यकी देवी लक्ष्मी माताले तपाँईको घरमा बास गर्नुका साथै परिवार, इष्ट-मित्र तथा साथी भाईमा सुख, शान्ति र सम्वृद्धिको कृपा सधैँ रहिरहोस ।

***************************************

बत्ती र दियोको झिलिमिली साझ्
देउसी र भैलो गीतको माझ्
हर्षका साथ मनाउ यो चाड
शुभ दिपावलिको हार्दिक शुभकामना ।

Check Also

Deusi Bhailo Song – देउसी रे !

ए भन मेर भाई हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 2 =