Home / Nepali Jokes / Haku Kale Jokes : हाकु काले जोक्स

Haku Kale Jokes : हाकु काले जोक्स

Haku kale character has been famous since Loot movie.
Here is the collection of “Haku Kale Jokes” from all over the internet. Everybody Loves Haku Kale lol
Fun Fact: Original name of the actor who played “Haku Kale” is Saugat Malla
If you have any more jokes, please do comment below. Have Fun!

हाकु काले चर्चमा

शुक्रबार साझ तिर एकपल्ट हाकु काले चर्च गएछ

ओरिपरी को माहोल बुझ्दैथ्यो हाकु – एत्तिकैमा लोडसेडिङ भएछ र पुरै अध्याँरो भएछ । ।
तेसै बेलामा घन्टी बजेछ… टङ्ग – टङ्ग – TONGGG!
.
.
हाकु काले चिच्याउन थालेछ..
ल म्याचिस अन्डरटेकर पो आउन लागेछ! आबुईईइ

टेम्पर high हाकु को

हाकु: साहुजि, सलाई दिनुस न!
.
.
.
.
.
साहुजी ले लाईटर दिन्छ
.
.
.
.
.
हकु: (एक झापाड हान्दै) म्याचिस्, लाईटर ले कसैले कान कोट्ट्याउछ!

आत्महत्या

एकदिन हाकु पोखरीको छेउ मा लुगा धुँदै थियो ।
त्यही छेउ मा एउटा भ्यागुतो ढुङ्गा माथी बसेर घाम ताप्दै रैछ ।
हाकु ले पोखरी फोहोर गरेको देखेर भ्यागुतो ले भनेछ: तेरो दिमाग छैन ?
हाकु :म्याम्पाखा, छ ।
भ्यागुतो: छैन जस्तो छ
हाकु : छ भन्या!
भ्यागुतो: त मुला को दिमाग छैन ।
(एती भन्दै भ्यागुतो पोखरीमा हाम फाल्यो)
हाकु : ल म्याम्पाखा यस्मा आत्महत्या गर्नु पर्ने कुरा के छ !

हाकु कालेको पिडा

हाकु कालेले NCELL को ग्राहाक सेवामा कल गरेछ ।
(Ncell को केटी प्रतिनिधिले फोन उठाइछिन्)

केटी: तपाईलाई Ncell ग्राहक सेवामा स्वागत छ ।
हाकु: ढन्यबाट!

केटी: म तपाईलाई के सहयोग गर्न सक्छु ?
हाकु: टिमी म सँग बिहे गर्छेउ ?

केटी: तपाईंले गलत नम्बर डायल गर्नु भयो जस्तो छ ।
हाकु: हैन । मैले टिम्लाई नै खोजेको हो । बिहे गर्छेउ म सँग ?

केटी: मलाई केहि इन्टेरेस्ट छैन तपाईं सँग बिहे गर्न ।
हाकु: मेरो कुरा ट सुन

केटी: केहि सुन्नु छैन मलाई ।
हाकु: भन हनिमुन मनाउन कहाँ लगम टिम्लाई… अमेरिका ? लन्डन ? पेरिस ?

केटी: कस्तो कुरा नबुझेको… मलाई तपाइ सँग बिहे नै गर्नु छैन ।
हाकु: बिहे गर्दा सुन को औठी १००००० को अनि हिरा को हार दश लाख को दिउला ।

केटी: तपाई सिधा-सिधा कुरा बुझ्नु हुन्न हो ? मलाई केहि इन्टेरेस्ट नै नभको कुरा.. किन जबरजस्ती बिहे गर्न कर गर्दै हुनुहुन्छ ?
हाकु: अब ठाह भयो होला नि तिम्लाई हाम्रो पिडा ? आफुलाई नचाइएको अफर घरी घरी कल्/एस्.एम्.एस्. गरेर भनिरख्दा कस्तो हुदो रैछ ?

त्यो दिन देखी बाट Ncell ले दिन को एक पटक मात्र अफर को SMS गर्छ । (पहिला ३-४ पल्ट गर्थ्यो)

हाकु पैसा जम्मा गर्न बैंक गएछ

हाकु: यो एक लाख मेरो खाटामा जम्मा गर्दिनु ट ।

(Banker ले पैसा लिन्छ र हेर्छ त सब नक्कली नोट मात्र छ ।)

Banker: के हो पैसा त सब नक्कली पो छ त ।

हाकु: म्याम्पाखा नक्कली भएर के भो त । मेरो बैंक खाता हो… म नक्कली पैसा जम्मा गरम कि सक्कली टिम्लाई के मत्लब । खुरुक्क जम्मा गरन!

(त्यो दिन देखी हाकु को बैंक खाता रोक्का छ। नपत्याए नबिल बैंक मा फोन गरेर सोध्नुस ।)

हाकुको गर्लफ्रेन्डसँग कुराकानी

हाकु कालेले केटीलाई फोन गर्छः

हाकुः हाई डार्लिङ् !

केटीः हेलो डियर !

हाकुः के छ मैंया.. मलाई टिम्रो निकै याड आइरा’छ नि..

केटीः लौ, अघि भर्खर मात्रै कुरा गरेको हैन भन्या फोनमा त्यत्रो बेरसम्म !!

हाकुः म्यामपाका….. फेरि टिम्लाई नै परेछ !!

हाकुको करामत

साउथ एसिएन गेम्स को फाइनलमा नेपाल, भारत र बङ्लादेशको तलवार प्रतियोगिता चलेछ ।
(नेपाल बाट हाकु काले ले भाग लेको थ्यो)

भारतियले हावा मा धोती फाल्यो र १० टुक्रा पारेर देखायो ।
(सबैले पररर ताली बजाय)

बाङ्ग्लादेशी ले माछा हावा मा फाल्यो र बराबर २० टुक्र पार्दियो ।
(झन धेरै ताली बजाए हेर्नेहरुले)

अब हाकुको पालो आयो । सबैको नजर हाकु कालेमा तेर्सियो ।

हाकु ले नेपाल बाट लामखुट्टे लेराको रैछ तेस्लाई हावा मा उडायो अनि साइ-सुइ तल्वार चलायो ।
तर लामखुट्टे टुक्रा भएन – उडेर गयो ।
(सबैजना गलल हाँसे)

हाकु (रिसाँउदै): नहाँस म्याम्पाकाहरु! गएर चेक गर – त्यो लामखुट्टे अब कहिले नि बाउ बन्न सक्डैन ।

(गोल्ड मेडल सिधै हाकु कालेलाई!)

तँ सँग के छ?

राजेश दाई : हेहेहेहेहेहे, म सँग घर छ, गाडी छ, बैंक ब्यालेन्स छ!
तँ सँग के छ?

हाकु काले : म सँग त्यो सब लुट्ने मास्टर प्लान छ ।

(राजेश दाइ आजकल एउटा भरपर्दो सेकुरिटी गार्ड को खोजी मा हुनुहुन्छ)

हाकुलाई करेन्ट

हाकु कालेले झुक्किएर बिजुलीको तार समातेछ ।

हाकु आत्तिएर भुइमा लड्यो !
.
.
.
जोड्-जोड ले चिच्याइरहेको थियो

बिचरा मर्नै लागेको थियो ।
.
.
.
अचानक सम्झ्यो,
बिजुली धेर चोरी भयो भनेर केहि दिन देखी हाकुको टोल कै बत्ती काटेको छ बिध्युत प्राधिकारण ले ।

जगडम्बा रड

हाकु : सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ? ?

पुतली: सागको तरकारीमा त iron हुन्छ नि मेरो राजा ।

हाकु: अनि दिन-दिनै iron ख्वाएर मेरो आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो म्याम्पका !!!!

Nepali Jokes Part 1 >>

Nepali Jokes Part 2 >>

For more Nepali Jokes : https://khoyaa.com/jokes/nepali-jokes/

हास्नको लागी थप बाहना ।

मज्जाले हास्नुस्, पेट मिचि-मिची हास्नुस किनकी तपाईंको हासो गज्जब को छ ।

Check Also

best nepali jokes

[Part 2] Best Nepali Jokes : नेपाली जोक्स सङ्ग्रह

अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस् >> For more Nepali Jokes : https://khoyaa.com/jokes/nepali-jokes/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =