साथी – भाई तथा आफन्तजनमा विजया दशैँको शुभकामना आदान – प्रदान गर्न दशैँको शुभकामना सन्देशहरुको संगालो
Collection of Dashain Message in Nepali
वडा दशैँको शुभ उपलक्ष्यमा सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना !
टिका होस् निधारमा,
सुख शान्ति होस् मनमा
रंगिचंगी फुल अनि जमरा होस् कानमा
शत्रुहरु नाश होउन महिषासुर जस्तै
मनोकामना सफल रहुन चितएकै जस्तै
शुभ दशैँ ।
दशैँ आउछ जान्छ, दशा नहोस्
टिका लाईन्छ – खस्छ, भाग्य नखसोस्
जमरा लाईन्छ – सुक्छ, खुशी नसुकोस्
पिङ खेलिन्छ – चुडिन्छ, सम्बन्धको डोरी कहिल्यै नचुढियोस्
विजया दशमीको यही शुभकामना
हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् ।
बिर्से हुन्छ दु:ख पिडा अनि सारा व्यथा,
ली ई आयो सारा खुशी दशैँ हाम्रो माझ्,
छाओस हर्ष र उमंग पुरा होस मनोकामना,
वडा दशैँको यही छ मेरो शुभकामना ।
पानी खोज्दा बियर भेटियोस,
धारा खोल्दा wine बगोस,
chicken खाँदा साप्रो परोस्
Mutton खाँदा ह्याकुलो परोस्
एही नै दशैको शुभकामना
घ्याम्पो भरी रक्सी होस्
निधारमा टिका होस्
साथी भाईहरु सँग
हातमा एक्का trial होस्
शुभ दशैँ ।
आयो दशै आयो, खुशीयाली ल्यायो
चारैतीर वातावरण उमंगलले छायो
मनका दु:ख कस्ट छेनिक भए पनि बिर्सायो
हाँसी-खेली रमाई मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना ।
दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा दुर्गा भवानी तथा लक्ष्मीले सधा खुसी छरुन
यही नै सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना ।
आयो दशैँ ढोल बजाइ,
गयो दशैँ रिण बोकाइ,
यही उखानको पुनरावृत्ती नहोस्,
खोक्रो आडम्बर त्यागेर दशैँ मनाउँ
बिजया दशमीको यही शुभकामना ।
याद आयो भने आँखा बन्द नगर्नु,
भेट भएन भने पनि दु:ख नमान्नु,
हामी सँधै सँगै हुनुपर्छ भन्ने पनि केहि छैन,
तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।
टिका होस निधारमा, जमरा होस कानमा,
खुशी छावस परिवारमा, अनि शान्ती देशमा,
सुख-शान्तिको बास होस, सबै शत्रुहरुको नास होस ।
विजय दशमीको हार्दिक मंङगलमय शुभकामना!!!
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more

Mob thapa