Home / Nepali Jokes / २ – ३ वटा बिरालो

२ – ३ वटा बिरालो

सर: ल म तलाई एउटा प्रश्न सोध्छु । मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।

सर : तैले कुरै बुझेनस फेरी राम्रो सँग सुन्, मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा बिरालो दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।

सर: मुर्ख यसरि भएन । ल सुन्, मैले तलाई २ वटा स्याउ दिएँ । फेरी ३ वटा स्याउ दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ५ वटा

सर: स्याबास । ल अब भन त मैले तलाई २ वटा बिरालो दिएँ । फेरी ३ वटा दिएँ । अब कती वटा भयो ? ?
शेरेको छोरो : ६ वटा ।

सर: (एक चड्कन लगाउदै) तलाई अघी देखी एउटै प्रश्न सोधी राछु तँ चाही उल्टो उल्टो भन्छस ।
शेरेको छोरो : (रुदै) सर , मेरो घरमा एउटा बिरालो पहिल्यै देखी छ नि त

Check Also

Nepali Feature Film “Chhakka Panjaa”

Enjoy the Nepali movie “Chhakka Panjaa” online अझ बढी नेपाली जोक्सको लागी यहाँ CLICK गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =