एउटा दूध पसल अगाडी धेरै लामो लाईन लागेको थियो,
पसल भने खुलेको थिएन,
त्यहि लामो लाईनको छेउबाट शेरे सरासर अगाडी जाँदै थियो,
बिचमा एउटाले भन्यो- ओ भाई, हामी लाइनमा एक घण्टादेखि बसिराका छौँ
तिमी चाँही कहाँ हो सरासर ?
शेरे सुनेको पनि नसुने झैँ गरेर अझ अगाडी बढ्यो,
जब पसलको ढोका नजीक मात्र के पुगेको थियो
एउटा भुस्तीघ्रेले शेरेलाई ट्याप टिपेर फाल्दियो
धुलोमा नराम्ररी बज्रेको शेरे धुलो टककाउदै उठ्यो र
कुरै बुझ्दैनन् यार भन्दै फेरी अगाडी बढ्यो,
फेरी अर्को पहलमानले च्याप समातेर घिसार्दै लाइनको लास्टमा पुर्यायो
र भन्यो- अब यो भन्दा अगाडी बढिस भने हात, खुट्टा भाँचीदिन्छु,
चुपचाप लाइनमा बस् हामी बसेको एक घण्टा भईसको त चाँही ढिलो आएर
अगाडि बस्ने शेरे – ठिकै छ सालेहरु,
,
,
,
,
,
,
,
तिमीहरुलाई आज दूध कसले दिँदो रहेछ हेरौ न म पनि,
म मरे पसल खोल्दिन आज….
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more