Home / Articles / कस्तो कस्तो लाग्छ…

कस्तो कस्तो लाग्छ…

कस्तो कस्तो लाग्छ…
मलाई कस्तो कस्तो लाग्छ जब तिमी आफ्नो केशलाई पिठ्युँभरी छरेर बसेकी हुन्छ्यौ लाग्छ,
आकाशमा बादल उठेको छ तिम्रो अनुहारभरी फिंजिएको आभा देख्दा लाग्छ, प्रकृति आफ्नो रुप बटुलेर कुनै स्वप्नमा बसेको छ ।
जब तिमी लज्जालु हुँदै धर्ति हेर्दै,
मलाई नहेर्ने बहानामा आँखा उचाल्छ्यौ लाग्छ,
तिम्रो आतुरता मलाई अंकमाल गर्न दगुर्दैछ तर तिम्रो संकोचले तिमीलाई, चारैतिरबाट छेक्दैछ ।
त्यहि संकोचले जब तिमी मौन हुन्छौ आफ्ना दुवै हत्केलाले आँखाहरु छोप्छौ
त्यो दृश्य मलाई चन्द्रमा र बादल जस्तो लाग्छ अनि, मलाई कस्तो कस्तो लाग्छ ।

Check Also

Why do we make unnecessary comparison?

A crow lived in the forest and was absolutely satisfied in life. But one day

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =