आज एउटीसँग स्काइपमा भावनात्मक कुरा हुँदै थियो, दुवै सिरियस थियौं, उनको कुराले मन एकदमै बहकिएको थियो।
पखेटा भए भुरुरु उडेर उनीसँगै जाऊँ कि जस्तो लाग्थ्यो। उनी पनि त्यसै भन्थिन्, कुरा हुँदाहुँदै उनको आँखाबाट आँसु बर्सेको देखें, मैले पनि आफूलाई रोक्न सकिनँ, त्यत्तिकैमा मेरो दिमागमा के आयो कुन्नी, माया प्यारले उनलाई आग्रह गरे, ‘डियर तिम्रो आँसु देख्न सकिनँ, त्यो क्यामेरालाई अलि तलतिर फर्काऊ त…
उनले मैले भने बमोजिम गरिन्।
जब कम्प्युटरको क्यामेराले तल अर्थात् टेबुलतिर देखियो,
‘एक थुप्रो प्याज पो काट्दै रै’छे मोरीले
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more