Home / Wishes / New Year / यहि छ नव वर्षको शुभकामना

यहि छ नव वर्षको शुभकामना

Happy New Year Card

नव वर्ष फुलोस फलोस मेरो शुभकामना !

वैरभाव र विरोध ढलोस मेरो शुभकामना !!

दिदिवहिनी, दाजुभाई, देश र विदेश
सबमा सदभाबको दीप बलोस मेरो शुभकामना !!

रातो दिनको खिचातानी, छल र बेइमानी
खरानी भै छिटै जलोस मेरो शुभकामना !!

हाम्रो शान र अस्तित्वमा धावा बोल्न खोज्ने
लुटाहारको मस्तक गलोस मेरो शुभकामना !!

सयौँ थुँगा फूलको माला सजाई नेपालको
उन्नतिमा पाइला चलोस मेरो शुभकामना !!

मनभरीका इच्छा अनी तृस्णा सजाएका कल्पना अनी सपना
गुम्सिएका मनका चाहानाहरु बनोस सबै बिपना

यहि छ नव वर्षको शुभकामना…..!!!

Check Also

Deusi Bhailo Song – देउसी रे !

ए भन मेर भाई हो, देउसी रे ! ए राम्ररी भन, देउसी रे ! ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =