एक ब्रिटिस कूटनीतिज्ञले लालु यादवलाई उनकै निवास पुगेर भेटेछन् ।
भेटमा उनले ‘अंकको जादु’मार्फत लालुलाई केही सिकाउने विचार गरे ।
उनले भने, ‘महामहिम, म तपाईंलाई एकदमै उपयोगी कुरा सिकाउँछु । सबैभन्दा पहिले अंग्रेजी ‘ए’ देखि ‘जेड’सम्मका अक्षरलाई अंकमा १ देखि २६ सम्ममा बदल्नुस् । जस्तै, ए बराबर १, बी बराबर २, जेड बराबर २६ ।
अब हेर्नुस् महामहिम ।
यदि हामीले HARDWORK लाई हिसाब गर्यौँ भने 8 1 18 4 23 15 18 11 = 98 % हुन्छ ।
K N O W L E D G E= 11 14 15 23 12 5 4 7 5 = 96 % हुन्छ ।
तर, L U C K= 12 21 3 11 = 47 % मात्रै हुन्छ ।
अनि सबैभन्दा महत्त्वपूर्णचाहिँ
A T T I T U D E= 1 20 20 9 20 21 4 5 = 100 % हुन्छ ।
तपाईंले कुरा बुझ्नुभो, होइन ?
हो, यही कुरा जनतालाई बुझाउन सकियो भने तपाईंको देश चाँडै उँभो लाग्छ । बरु म तपाईंका जनतालाई यो कुरा सिकाउन हाम्रो देशबाट विज्ञहरू पठाइदिन सक्छु । उनीहरूले एक वर्षमा यो काम गर्नेछन् ।’
लालुले केहीबेर सोचेर जवाफ दिए, ‘योभन्दा राम्रो सूत्र मसित छ ।
यो हेर्नुस् ।
C O R R U P T I O N= 3 15 18 21 16 9 15 14 = 111 % . ।
बरु म तपाईंको देशमा आएर यो सूत्र पढाइदिऊँ ? म एक हप्तामै गर्न सक्छु ।’
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more