Home / Jokes / शेरे जागिरको निम्ति

शेरे जागिरको निम्ति

शेरे जागिरको निम्ति,एउटा अफिसमा गयो,
जहाँ इन्टरभ्यु मा केहि यस्ता प्रश्नहरु सोधियो, जसको जवाफ शेरेले यसरी दियो-

प्रश्न :- नेपोलियन को मृत्यु कुन लडाईमा भयो ?

शेरे :- उसको अन्तिम लडाइमा !!

प्रश्न :- पारपाचुके (लोग्ने स्वास्नी बिचको सम्बन्ध बिच्छेद) को मुख्य कारण के हो ?

शेरे :- बिबाह !

प्रश्न :- फेल हुनुको मुख्य कारण के हो?

शेरे :- परिक्षा !

प्रश्न :- तपाई ‘ब्रेकफास्ट’मा के खान सक्नु हुन्न ?

शेरे :- ‘लन्च’ र ‘डिनर’ !

प्रश्न :- आधा स्याउ को टुक्रा जस्तै, कुन चिज देखिन्छ ?

शेरे :- आधा स्याउको अर्को टुक्रा !

प्रश्न :- निलो पानी भएको समुन्द्रमा रातो ढुंगा फ्याक्दाढुंगा के हुन्छ ?

शेरे :- ढुंगा भिज्छ !

प्रश्न :- कुनै मानिस ८ दिन सम्म नसुती कसरि बस्न सक्छ ?

शेरे :- रातभर सुतेर ! (दिनमा नसुते नि रातमा सुत्छ नि )

प्रश्न :- ८ जना मानिसले एउटा पर्खाल बनाउन १० घण्टा लगाउछन भने,
४ जना मानिसलाई सोहि पर्खाल बनाउन कति घण्टा लाग्छ ?

शेरे :- कत्ति पनि समय लाग्दैन,पर्खाल ८ जना मान्छे ले अघिनै लगाई सके !!
पर्खाल ८ जना मान्छे ले लगाई सकेपछी किनत्यहाँ पर्खाल लगाउनु पर्यो?

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =