सुन्तली मरेर स्वर्गमा पुगिछन् ।
जब उनी यमराजको अगाडि उभिइन्, आफ्नो सामुन्नेको पर्खालमा थुप्रै भित्तेघडी देखिन् ?
‘यी कस्ता घडी हुन् सर ?’ उनले यमराजलाई सोधिन् ।
यमराजले बयान गरे, ‘यी विशेष किसिमको शक्ति भएका भित्तेघडी हुन् । पृथ्वीका हरेक मानिसको यस्तो घडी यहाँ बनेको हुन्छ । जसले आफ्नो जीवनमा जतिचोटि झुट बोलेको छ त्यतिचोटि नै उसको घडीको सुई घुम्छ ।’
त्यसपछि स्थिर अवस्थामा रहेको एउटा घडी देखाउँदै सुन्तलीले सोधिन्, ‘त्यो कसको घडी हो सर ?’
‘गौतम बुद्धको,’ यमराजले भने, ‘यो घडीको सुई एकचोटि पनि घुमेको छैन, किनकि बुद्धले आफ्नो जीवनमा कहिल्यै झुट बोलेनन् ।’
‘अनि यो नि ?’ अर्को घडी देखाएर सुन्तलीले सोधिन् । यमराजले जवाफ दिए, ‘यो अब्राहम लिंकनको । उनले जीवनमा दुईपटक झुट बोलेका थिए । त्यसैले यो घडीको सुई पनि अहिलेसम्म दुईचोटि मात्रै घुमेको छ ।’
त्यसपछि सुन्तलीलाई कौतूहल लागेर सोधिन्, ‘त्यसो भए मेरा स्वामी धुर्मुको घडीचाहिँ कुन हो नि ?’
‘त्यो यहाँ छैन,’ यमराजले जवाफ दिए, ‘मैले आफ्नो अफिसमा टेबुल फ्यानका रूपमा प्रयोग गरिरहेको छु ।’
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more