Home / Jokes / नेपालको नर्कमा पुगेछ

नेपालको नर्कमा पुगेछ

एउटा मान्छे मरेछ र यमलोकमा पुगेछ!!!

उ नर्कमा जानुपरेछ र उसले त्यहा थाहा पाएछ कि नर्क पनि देश अनुशार हुने रहेछ , उ पहिला अमेरिकाको नर्कमा गएछ र एकजनालाई सोधेछ “यहाँ के गर्छ ?”
र तेस्ले भनेछ ” सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!!
तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि अमेरिकन भूत आएर धुस्नु पिट्छ!!!

यो सुनेर त्यो मान्छेलाई डर लागेछ र अर्कै देशको नर्कमा भागेछ।
तर जुन देशको नर्कमा गयो त्यहा त झन् अमेरिकाको नर्क भन्दा पनि भयङ्कर सजाय हुने रहेछ ।

उ सबै नर्कबाट भाग्दै उ नेपालको नर्कमा पुगेछ र उसले त्यहा त एकदमै लामो मान्छेको लाइन देखेछ!! अनि एकजनालाई सोधेछ “यहाँ के गर्छ ?”
र तेस्ले भनेछ ” सबभन्दा पहिला तलाई ( करेन्ट )बिधुतिय कुर्सीमा 1 घण्टा सम्म बाँधेर राक्छ!!!
तेस्पछि तलाई किलै किला भाको खाटमा अर्को एक घण्टा रक्छ अनि नेपाली भूत आएर धुस्नु पिट्छ!!!

यो सुनेर छक्क पर्दै सोधेछ ” यहाँ त अमेरिकाको नर्कमा जस्तै हुनेरहेछ त , अनि किन सबैजना यहाँ लाइन बसेको ?

अनि तेस्ले भनेछ “यो नेपालको नर्क हो, यहाको व्यबस्थापन येति खत्तम छ कि त्यो बिधुतिय कुर्सीमा लोड सेडिङ्ले गर्दा करेन्ट नै आउदैन , त्यो किलै किला भाको खाटको किला पनि चोरेर लागिसक्यो अनि त्यो नेपाली भूत पनि पहिलाको सरकारी कर्मचारी रहेछ खाली 1 घण्टा ढिलो आउछ हाजिर गर्छ अनि जान्छ !!!!

Check Also

Chinese Language is very easy

Chinese language is all about mixing and writing 'π' in different ways

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =