होटेलमा कहिल्यै नदेखिएको एउटा मान्छे छिर्यो।
अनी उसले त्यँहाको म्यानेजरलाई भन्यो,” मसँग बाजी लडाउनुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म दाँतले आँखा छुन सक्छु। १०० रुपैयाँ बाजी थाप्ने?
म्यानेजरले पत्याएन र बाजी थाप्यो।
त्यो मान्छे निकै चलाख रहेछ। उसले नक्कली दाँत निकालेर आँखा छोएर देखाइदियो।
एकछिन पछी त्यही मान्छे फेरी आयो र म्यानेजरलाई भन्यो,”अर्को बाजी थाप्नुहुन्छ?”
म्यानेजर: कस्तो बाजी?
मान्छे: म यहाँ बाहिरबाट उ त्यँहा भित्र राखेको तपाईंको बोटलमा पिसाब गर्दिन सक्छु।
१००० रुपैया बाजी थाप्ने?
म्यानेजरलाई यो चोटि चाँही जित्छु जस्तो लागेर “हुन्छ” भन्यो । त्यो मान्छेले
सच्चिनै पिसाब गरिदियो तर बोटलमा पुर्याउन सकेन।
म्यानेजर: हा हा हा खोइ ल्याउनुस् हजार।
मान्छे: लिनुस्! तपाईंलाई धन्यवाद!
म्यानेजर: किन नि?
मान्छे: त्यँहा मेरो टेबलमा पाँच जनासँग 10,000 बाजी परेको थियो म होटेल भित्र पिसाब गर्दिन्छु भनेर….
Khoyaa Collection of Jokes, Quotes, Wishes, Articles, Story & more